Saturday, November 18, 2017

मनसुन निष्क्रिय हुँदै, अब भारी वर्षा नहुने

प्रकाशित मिति: 2017/08/15

साउन ३१, काठमाडौं । बुधबारदेखि सुरु भएको मनसुन वर्षाले देशभर जनजिवन प्रभावित पार्यो भने १ सय भन्दा बढिको ज्यान लियो । उक्त मनसुन सोमबारदेखि क्रमिक रुपमा निष्क्रिय हुन थालेको छ । देशको पूर्वी र मध्य भूभागको मौसममा सुधार आएको छ भने सुदूरपश्चिम भूभागमा सामान्य वर्षा हुने मौसमविदले बताएका छन् ।

मनसुन प्रणाली क्रमिक रुपमा निष्क्रिय हुन थालेकाले भारी वर्षाको सम्भावना नरहेको तर सामान्य बदली भने हुने मौसम विद्ले बताएका छन् । नेपाल प्रवेश गरेको मनसुनी न्यूनचापीय प्रणाली कमजोर भएसँगै वर्षा रोकिने संकेत देखिएको छ ।

मनसुनको नयाँ प्रणाली विकास हुन दुई साताभन्दा बढी लाग्ने भएकाले तत्काल भारी वर्षा नहुने तर मनसुनी अवधि झन्डै डेढ महिना बाँकी हुँदा सामान्य वर्षा हुने जनाएका छन् । 

तपाईंको बिचार