Saturday, November 18, 2017

सैनिकले आफ्नै सहकर्मी गोली हाने

प्रकाशित मिति: 2017/08/15

साउन ३१, काठमाडौं । पोखरा फेवाताल किनारमा रहेको पोखरा सिद्धीबक्स गणको रत्न मन्दिरको सुरक्षार्थ खटिएका सैनिकले सुतिरहेका आफ्नै सहकर्मीको हत्या गरेका छन् ।

 दार्चुला घर भई प्यूठ पदमा गणमा कार्यरत वसन्त लोहारले बैतडी घर भएका सहकर्मी गणेश विष्टको हत्या गरेका हुन् । राति ३ बजेदेखि ६ बजेसम्मको ड्यूटीमा रहेका उनले बिहान ४ः३० बजे सुतिरहेका विष्टमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ ।

घरायासी विवादका कारण घट्ना घटेको प्रहरीको अनुमान छ । ड्यूटीका बारेमा कुनै विवाद नरहेकाले घरायासी विवादकै कारण घट्ना घटेको हुनसक्ने वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । घट्ना घटेको हो, थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी बताए । मृतक विष्टको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ भने गोली प्रहार गर्ने लोहार आर्मीको नियन्त्रणमा छन् ।

तपाईंको बिचार