Saturday, November 18, 2017

नेपाल र लाइबेरियाबीच नयाँ कूटनीतिक सम्बन्ध स्थापना

प्रकाशित मिति: 2017/08/18

भदौ २, काठमाडौं ।  नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै विश्वका एकसय ५० राष्ट्रसँग नेपालको द्विपक्षीय सम्बन्धको दायरा विस्तार भएको छ। 

संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र विश्वसंस्थाका लागि लाइबेरियाका स्थायी प्रतिनिधि लिविस जी ब्राउनले दुई देशबीच दौंत्य सम्बन्ध स्थापनासम्बन्धी संयुक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

न्यूयोर्कस्थित नेपाली नियोगमा दुवै देशका राजदूतले समझदारीपत्रमा हस्ताक्षर गरी महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराएका नेपाली नियोगले जनाएको छ। –रासस 

तपाईंको बिचार