Saturday, October 20, 2018

वसन्त भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त

प्रकाशित मिति: 2017/08/18

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीद्वारा वसन्त भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा वरिष्ठ अधिवक्ता भण्डारीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्। भण्डारीले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष पद तथा गोपनियताको शपथग्रहणसमेत गरेका छन्। 

तपाईंको बिचार