Saturday, November 18, 2017

निर्वाचन आयोगको दुई नम्बर प्रदेशमा अनुगमन

प्रकाशित मिति: 2017/09/03

भदौ १८, काठमाडौं । असोज दुई गते दुई नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनको तयारीको अनुगमन गर्न निर्वाचन आयोगका चार आयुक्त त्यसतर्फ प्रस्थान गरेका हुन् ।

आठ जिल्लाका १३६ स्थानीय तह निर्वाचनको समग्र तयारी अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोबस्तीलगायतका सम्पूर्ण पक्षको उच्चस्तरीय अनुगमन गर्न आयोगको टोली त्यसतर्फ प्रस्थान गरेका हुन्। उनीहरुले जिल्लास्थित कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सञ्चारमाध्यम, नागरिक समाजलगायतका व्यक्तिसँग निर्वाचन तयारीको विषयमा छलफल र अन्तरक्रिया गर्नेछन्। 

हालै गएको बाढीबाट क्षतिग्रस्त भएका सडक, कल्भर्ट र पुल मर्मतको अवस्था, क्षतिग्रस्त मतदानस्थलको अवस्थालार्इ अध्ययन गरी आवश्यकताअनुसार सम्बन्धित निकायलाई थप निर्देशन दिने आयोगले जनाएको छ । 

तपाईंको बिचार