Saturday, November 18, 2017

टुकी नेपालद्वारा बाढीपीडितलाई सहयोग, सापकोटाद्वारा सहयोग जारी रहने भनाई

प्रकाशित मिति: 2017/09/03

भदौ १८, काठमाडौं । सामाजिक संस्था टुकी नेपालले बाढीपीडितहरुको लागि आवास निर्माणमा सहयोग गर्ने भएको छ । स्वास्थ्य, शिक्षा र गरिबी निवारणमा काम गर्दै आएको टुकि नेपालले चितवान माडीका बाढीपीडितहरुको आवास निर्माणमा सहयोग गर्न लागेको हो ।

टुकि नेपालका अध्यक्ष कमल सापकोटाकाअनुसार माडी नगरपालिकाले आवास निर्माणार्थ सहयोग जुटाईरहेकाले टुकी नेपालको तर्फबाट प्रभारम्भिक चरणमा २ लाख २० हजार स्थानिय मेयर ठाकुर ढकाललाई हस्तान्तरण गरिसकेको बताउनु भयो । ‘यो सुरुको चरण हो’ अध्यक्ष सापकोटाले भन्नुभयो ‘आवास निर्माण सुरु भएपछि आर्थिक रुपमा पनि सहयोग गर्नेछौ ।’ सापकोटाले टुकी नेपालको सामाजिक उत्थान अभियान अन्र्तगत बाढिपीडितलाई सहयोग गरिएको र यो अभियान द्रुत गतिमा जारी रहने पनि गन्तव्य नेपाललाई बताउनु भयो । 

टुकी नेपालले यसअघि भुकम्प पीडितहरुलाई आवास निर्माण, विद्यालय निर्माण, खाद्यान्न, जस्तापाता सहयोग गरी महत्वपूर्ण भुमिका निभाएको थियो ।

तपाईंको बिचार