Saturday, November 18, 2017

लायन्स अफ काठमाडौं तिलिचोको रक्तदान कार्यक्रम सम्पन्न

खड्काद्वारा मानवसेवालाई निरन्तरता दिने भनाई
प्रकाशित मिति: 2017/09/11

काठमाडौं । लायन्स क्लब अफ काठमाडौ, तिलिचोले गत शनिबार काठमाडौं सुन्धारा प्राँगणमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

‘‘रक्तदान जीवन दान’’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सुरु गरिएको उक्त कार्यक्रममा बिभिन्न उमेर वर्गका मानिसहरुले सक्रियता देखाउदैं यसको महत्व दिंर्दै स्वतस्फुर्त रुपमा रक्तदानमा भाग लिएका थिए । कार्यक्रममा क्लबका सचिव तथा कार्यक्रम संयोजक लायन भाईकृष्ण खड्काले २१ औं सताब्दिअनुकुल युवावर्गमा रक्तदानको महत्वको चेतनास्तर बृद्धि भइरहेको परिप्रेक्षमा रक्तदान कार्यक्रम गरिएको बताउनु भयो । खड्काले आगामि दिनहरुमा रक्तदान लगायत सामाजिक कार्यको लागि क्लबले निरन्तरता दिंदैं थप ससत्तता दिने बताउनु भयो । कार्यक्रममा ग्राण्डि हस्पिटलका मेडिकल टिमलाई विशेष सहयोग गरेवापत धन्यवाद प्रकट गरियो । 
 

तपाईंको बिचार