Saturday, October 20, 2018

दशैको लागि टिकट लिन सर्वसाधारण राती देखि नै लाइनमा

प्रकाशित मिति: 2017/09/12

भदौ २७, काठमाडौं । दशैंका लागि लामो दूरका यात्रुहरुलाई आजदेखि टिकट बुकिङ खुला गरिएको छ। बुकिङ खुला गरिएको पहिलो दिन राजधानीका नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी र कोटेश्वरमा सर्वसाधरणको भीड लागेको छ। 

अघिल्ला वर्षहरुमा भन्दा एक साता ढिला गरी बुकिङ खुला भएको हो। सरकार र यातायात व्यवसायीबीचको विवादका कारण बुकिङमा ढिलाई भएको थियो। गत शुक्रबार यातायात व्यवसायीसँग भएको समझदारीपछि आजदेखि बुकिङ खुला भएको हो। 

बुकिङको पहिलो दिन यात्रुहरुको लाइन लागेको छ। टिकटका लागि सर्वसाधरणले कष्ट व्यहोर्नु परेको बताएका छन्। 

तपाईंको बिचार