Wednesday, October 17, 2018

स्थानीय सरकारका लागि कानुन बन्यो

प्रकाशित मिति: 2017/09/20

असोज ४, काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले चार महिनापछि दैनिक कामकाजको कानुन पाएका छन्। 

निर्वाचनको चार महिनासम्म कानुन नबन्दा जनप्रतिनिधिमा अन्योलता थियो। निर्वाचन अघि नै विधेयक पारित हुनु पर्ने भए पनि पहिलो चरणको निर्वाचनको चार महिनापछि विधेयक पारित भएको हो।

व्यवस्थापिका संसदले विधेयक पारित गरेसँगै स्थानीय तहमा परिकल्पना गरिएका न्यायिक समिति, स्थानीय कार्यपालिका र व्यवस्थापिकाले तोकिएको कानुन बमोजिम कामकाज सञ्चालन गर्नेछन्। संसद्बाट पारित विधेयक प्रमाणीकरण भएसँगै कार्यान्वयनमा आउनेछ।

तपाईंको बिचार