Saturday, November 18, 2017

वीरगंज महानगरको मतगणना दशैंमा पनि निरन्तरता

प्रकाशित मिति: 2017/09/26

वीरगंज । प्रदेश नम्वर दुईको एक मात्र महानगर वीरगंजमा जारी मतगणना दशैंमा समेत नरोकिने भएको छ। बडादशै‌ंको लागि बुधबारदेखि सबै सरकारी तथा निजी कार्यालयहरु बन्द हुँदैछन्। तर वीरगंजमा भने मतगणना जारी रहने मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए।  

१ लाख ८ हजार ५ सय १ कूल मतदाता रहेको महानगरमा ३२ वडा छन्। यहाँ ८४ हजार ३ सय १२ मत खसेको थियो । गत असोज ३ गते दिउँसो २ बजेदेखि शुरु भएको मतगणना मंगलवारसम्म २९ वडाको ७१ हजार २ सय ९३ मत गणना भइसकेको छ। बाँकी १०  हजार मत मात्रै गन्न बाँकी छ। हाल मतगणना चलिरहेको वडा नम्वर १४ पिपरा र १५ लक्षुमानवाको मतगणना केही घण्टामै सकिने मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए।

उनले दैनिक ६ हजारकै हिसाबले गणना गरियो भने दुई दिनमै गणना सकिने दावी गरेका छन्।  हाल वडा नम्वर १४, १६,१७ र १८ को मतगणना शुरु भएको छ। राजनीतिक दलहरु बीच सहमति हुन नसक्दा यी वडाको मतगणना प्रभावित बनेको थियो।

 १४ र १५ नं वडाको मतगणना सक्न निर्वाचन आयोगको पत्र र निर्देशनलाई मध्यनजर तथा राजनीतिक दलको समझदारी बमोजिम अघि बढने कर्मचारीहरुको तयारी छ। कांग्रेसले मतगणना भएका १६ ,१७ र १८ वडा बाहेकका सबै वडामा मेयर र उपमेयरको पुनः मतगणना गर्नु पर्ने माग राख्दै जिल्ला निर्वाचन कार्यालय पर्सा मार्फत निर्वाचन आयोगमा निवेदन दिएको छ 

मतगणनामा धाँधली र कलमको ठाउँमा सिसाकलमको प्रयोग गरिएको तथा मुचुल्का भन्दा बढी मतपत्र केही वडामा फेला परेपछि निर्वाचन प्रकृया छानविन र पुनः मतदानको लागि निर्वाचन आयोगमा निवेदन परेको छ।

तपाईंको बिचार