Saturday, November 18, 2017

पूर्वडीआईजी नवराज सिलवालको राजीनामा स्वीकृत

प्रकाशित मिति: 2017/10/09

असोज २३, काठमाडौं । नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

प्रहरी प्रमुख बनाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि सिलवालले राजीनामा दिएका थिए भने उनको राजीनामा स्वीकृत भएको थिएन ।  राजीनामा स्वीकृत नभए पनि शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका थिए ।

गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले शुक्रबारकै मिति राखेर उनको राजीनामा स्वीकृत गरेको स्रोतले जनाएको छ । 

तपाईंको बिचार