Saturday, November 18, 2017

अब भूकम्पपीडितले निब्र्याजी ३ लाख ऋण पाउने

प्रकाशित मिति: 2017/10/09

असोज २३, काठमाडौं । भूकम्प पीडितहरुले सरकारी अनुदानमा बन्दै गरेको घर नै धितो राखेर थप ३ लाख निर्ब्याजी ऋण पाउने भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बैठकले सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरेको हो । अब धितो जमानीबाट निब्र्याजी ऋण उपलब्ध गराइने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारले भूकम्प पीडितहरुलाई सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि बनाएको थियो । तर, बैंकहरुले विना धितो ऋण दिन अस्वीकार गरेपछि सरकारले कार्यविधि संशोधन गरेर धितो जमानी राख्ने व्यवस्था गरेको हो ।

तपाईंको बिचार