Saturday, November 18, 2017

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

प्रकाशित मिति: 2017/10/09

काठमाडौं ।  नयाँ बानेश्वरको खरिबोटमा अज्ञात समुहको गोली लागि निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या भएको छ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचन बा १३ च  ४९४८ नम्बरको ल्यान्डक्रुजर प्राडोमा थिए । उक्त गाडी उनका ड्राइभरले चलाएका थिए त्यस गाडिमा ढुंगा हानी गौचन बसेको ठाउँमा गोली चलाएका थिए ।

गाडीको शिशा छेडेर दुई वटा गोली भित्र पसेको देखिन्छ। अस्पताल स्रोतका अनुसार एउटा गोली उनको पेटमा लागेको थियो। घाइते अवस्थामा गौचनलाई नजिकैको सिभिल अस्पताल लगिए पनि अपराह्न ३ बजेर २६ मिनेटमा मृत घोषणा गरियो। 

गोली हान्नेहरु मोटरसाइकलमा आएका थिए। मोटरसाइकल रोकेर दुई तीन सय मिटर पैदल हिँडी उनीहरुले आक्रमण गरेका थिए। आक्रमण गर्ने मध्ये एक जनाले गुलाबी रङ्गको टिसर्ट लगाएका थिए।  गोली कसले हानेको भन्ने बारे केही पत्ता लागेको छैन। अहिले प्रहरीले काठमाडौँ उपत्यकामा चेकिङ कडा गरेको छ। 

तपाईंको बिचार