Saturday, November 18, 2017

प्रदेश र प्रतिनिधिसभा चुनावका लागि ९८ हजार म्यादी प्रहरी भर्ना गरिने

प्रकाशित मिति: 2017/10/10

असोज २४, काठमाडौं । सरकारले १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्ने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५५ दिनका लागि ९८ हजार २ सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नसक्नो निष्कर्षसहित सरकारले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाउँदा पनि करिब एक लाख सुरक्षाकर्मी अपुग हुने निष्कर्ष निकाल्दै म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको थियो । म्यादी प्रहरी भर्नालाई निर्वाचन आयोगले समेत सहमति दिइसकेको गृहमन्त्रालय स्रोतले जनाएको छ । 

तपाईंको बिचार