Saturday, November 18, 2017

पत्रकार सुवेदीको संयोजकत्वमा टुरिजम लाइफ टाइम एचिभमेन्ट अवार्ड छनौट समित गठन

प्रकाशित मिति: 2017/10/11

असोज २४, काठमाडौं । गन्तव्य नेपाल ग्रुपद्वारा संचालित गन्तव्य न्यूज डट कमको यहि असोज ३१ गते काठमाडौंमा आयोजना हुने चौथो वार्षिकोत्सवमा प्रदान गरिने टुरिजम लाइफ टाइम एचिभमेन्ट अवार्डको लागि छनौट समिति गठन गरिएको छ । 

तीन सदस्यीय छनौट समितिको संयोजकत्वमा गोरखापत्र दैनिकका सह–सम्पादक शरदराज सुवेदी रहेको छन् भने सदस्यहरुमा राजधानी दैनिकका वरिष्ठ समाचारदाता मधुजंग पाण्डे र न्यूज ट्वान्टीफोर टेलिभिजनका समाचार संयोजक संगम बानिया रहेका छन् । 

छनौट समितिले पर्यटन प्रवद्र्धनको क्षेत्रमा विगत २५ वर्ष देखि योग्दान पुर्याउँदै आएका एक जना व्यक्ति छनौट गर्ने छ । 

गन्तव्य नेपाल ग्रुपले विगत केही वर्षदेखि आफ्नो प्रकाशन गन्तव्य नेपाल साप्ताहिकको वार्षिकोत्सवमा टुरिजम म्यान अफ दी इयर अवार्ड समेत प्रदान गर्दै आईरहेको छ । सो अवार्ड यस वर्ष पर्यटन व्यवसायी कमल सापकोटालाई प्रदान गरिएको थियो । 

 

तपाईंको बिचार