Saturday, November 18, 2017

सीमित श्रोत र साधनको बावजुद उल्लेखनीय काम : प्रधानमन्त्री

प्रकाशित मिति: 2017/10/13

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सुरक्षा प्रदान गर्न नेपाल प्रहरी सक्षम रहने बताए । 

६२‍ औं प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहमा सम्पन्न निर्वाचनमा सुरक्षा प्रदान गर्न सफल नेपाल प्रहरी आगामी निर्वाचनमा पनि सक्षम हुने बताएका हुन् । प्रधानमन्त्री देउवाले भने,‘ आसन्न निर्वाचनमा पनि सुरक्षा प्रदान गर्न नेपाल प्रहरी सक्षम रहेको छ।’ सीमित श्रोत र साधनको बावजुद पनि उल्लेखनीय काम गरेकोमा प्रधानमन्त्री देउवाले नेपाल प्रहरीको प्रशंसा गरेका थिए। 

तपाईंको बिचार