Saturday, November 18, 2017

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना एकै पटक सुरु हुने

प्रकाशित मिति: 2017/10/18


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दुई चरणमा भए पनि मतगणना एकै पटक हुने जनाइएको छ । 

१० मंसिरमा ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तालिका छ । २१ मंसिरमा थप ४५ जिल्लामा मतदान हुनेछ । ७७ वटै जिल्लामा निर्वाचन सकिएपछि मात्र एकसाथ मतगणना थाल्ने तयारी आयोगले गरेको हो ।

जनशक्तिको कमि र दोस्रो चरणको चुनाव प्रभावित हुने भएकाले मतगणना एकैपटक गर्न लागिएको आयोगका प्रवक्ताले जानकारी दिए । 

तपाईंको बिचार