Saturday, November 18, 2017

आज उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व समापन

प्रकाशित मिति: 2017/10/27

काठमाडौं । छठका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन्।

मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ। सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

विशेषगरी तराई प्रचलित छठ पछिल्ला वर्षहरुमा पहाडमा विस्तार हुँदैछ। 

तपाईंको बिचार