Saturday, November 18, 2017

रगतको अभाव, रक्तदान गर्न रेडक्रसको विहान ११ बजेदेखि दिउसो ३ः३० बजेसम्म भृकुटीमण्डपमा क्याम्प

प्रकाशित मिति: 2017/10/27

काठमाडौं । राजधानी काठमाडौंका अस्पतालहरुमा रगत अभाव देखिएको छ । अस्पतालमा रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् । चाड पर्व अघि रगत अभाव नभएपनि दशैं, तिहारपछि बजारमा रगत अभाव भएको हो ।

नेपाल रेडक्रसले अस्पताल तथा बिरामीहरुबाट रगतको माग बढेको तर तिहार तथा छठ जस्ता महत्त्वपूर्ण चाडको समयमा रक्तदान शिविर र दाताहरुको संख्यामा कमी भएकोले आपूर्ति घट्दा काठमाडौंमा रगत अभाव भएको जनाएको छ ।

काठमाडौंको रगत अभावपछि रेडक्रसले रक्तदान गर्न सबैमा आग्रह गरेको छ । नेपाल रेडक्रस सोसाइटीले भृकुटीमण्डपस्थित रक्तसञ्चार केन्द्रको पुरानो भवन रहेको खुला ठाँउमा बिहीबारदेखि विशेष रक्तसंकलन क्याम्प समेत सञ्चालनमा ल्याएको छ ।

रक्त आपूर्ति सहज नभएसम्म हरेक दिन विहान ११ बजेदेखि दिउसो ३ः३० बजेसम्म भृकुटीमण्डपको क्याम्प नियमित चलाइने जानकारी नेपाल रेडक्रस सोसाइटीका सञ्चार प्रमुख दिव्यराज पौडेलले बताएका छन् ।

तपाईंको बिचार