Saturday, November 18, 2017

बिर्तामोडमा कर्फ्यु

प्रकाशित मिति: 2017/10/27

काठमाडौ ।  झापाको बिर्तामोडमा अनिश्चितकालीन कफ्र्यु लगाइएको छ। झापा अर्जुधारा नगरपालिका ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्युको अनुसन्धानमा प्रहरीले ढिलाई गरेको भन्दै स्थानीयले गरेको प्रदर्शन हिसात्मक बन्दै गएपछि कर्फ्यु लगाइएको हो। 

झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार मुक्तिचोकलाई केन्द्र मानी पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यु लगाइएको हो। 

बालक मृत्युको विषयलाई लिएर प्रहरीले र सर्वसाधारणबीच आज विहानदेखि नै झडप भएको छ। असोज १४ गते घरबाट खेल्न गएका बेला बेपत्ता भएका थिए। त्यसको २४ घण्टा नवित्दै बालकको शव स्थानीय खोलामा भेटिएको थियो।

घटनापछि प्रहरीले शंकास्पद ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको बेला प्रहरीको अनुसन्धान चित्त बुझ्दो नभएको भन्दै आफन्तहरुले प्रहरी कार्यालय घेराउ गरी आन्दोलन गरेपछि बिहान केहीबेर प्रहरी र बालकका आफन्तबीच झडप भएको थियो।

प्रहरीलाई ढुङ्गामुढा गरेपछि प्रहरी स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले भीड नियन्त्रण गर्ने क्रममा केहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईंको बिचार