Saturday, November 18, 2017

आज समानुपातिक तर्फको बन्दसूची संशोधन गर्ने अन्तिम दिन

प्रकाशित मिति: 2017/10/29

काठमाडौं । राजनीतिक दलहरुले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची आज अन्तिम संशोधन गर्नु पर्नेछ । 

निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सूची संशोधन गर्न सकिने आयोगका प्रवक्ताले जानकारी दिएका छन् ।

राजनीतिक दलहरुले २९ असोजमा समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका थिए । त्यसमा कसैको नाम संशोधन गर्ने भए आयोगले आजसम्मको समय दिएको हो । उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबार निवेदन दिन सक्नेछन् ।

समानुपातिक उम्मेदवारहरुको प्रारम्भिक सूची भने १७ गते सार्वजनिक हुनेछ । त्यसमा दावी विरोध, उजुरीमा जाँचबुझ लगायतको चरण पूरा गरेर मंसिर ३ गते अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

तपाईंको बिचार