Saturday, November 18, 2017

प्रत्यक्षतर्फको मतपत्र दुई वटै हुने

प्रकाशित मिति: 2017/10/29

काठमाडौं । सर्वोच्च अदालतको आदेशका कारण मतपत्र छपाई रोकेको निर्वाचन आयोगले प्रत्यक्षतर्फ दुईवटै मतपत्र छाप्ने तयारी गरेको छ।

यसअघि दुईवटा मतपत्र छाप्दा निर्धारित मितिमा निर्वाचन गराउन नसक्ने भन्दै आएको आयोगले सर्वोच्च अदालतको पछिल्लो आदेशपछि आफ्नो विगतको निर्णय सच्याउन लागेको हो। 

निर्वाचन आयोगले हिजो सर्वोच्च अदालतको आदेश प्राप्त गरेपछि मतपत्र छपाई रोकेर आन्तरिक छलफल सुरु गरेको थियो। आयोगमा रहेका कानुनी सल्लाहकारसँगै आज नायव महान्यायाधिवक्ता किरण पौडेलसँगको परामर्शपछि आयोगले आफ्नो निर्णय सच्याउन लागेको हो। 

नायव महान्यायाधिवक्ता पौडेलले आयोग पुगेर सर्वोच्चको आदेशमा आफ्नो राय राखेका थिए।  आयोगको आन्तरिक छलफल र महान्यायाधिवक्ता कार्यलयको रायका आधारमा आयोगले आफ्नो निर्णय सच्याएको हो।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आज समानुपातिक तर्फको बन्दसूची दलहरुले सच्याएर बुझाउने अन्तिम दिन भएकाले भोलि बिहान मात्र मतपत्रका विषयमा निर्णयमा पुग्ने बताए।

तपाईंको बिचार