Saturday, November 18, 2017

माओवादीका फरार नेता ढुंगेल पक्राउ

प्रकाशित मिति: 2017/10/31

काठमाडौं । सर्वोच्च अदालतले हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या गरेको आरोपमा उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

सर्वोच्चले सजाय सुनाए पनि प्रहरीले उनलाई पक्राउ नगरेको भन्दै प्रहरी महानिरिक्षक बिरुद्ध अदालतमा मानहानीको मुद्दा दायर भएको   ।  ढुंगेललाई सीआईबीले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो ।

तपाईंको बिचार