Saturday, November 18, 2017

पूर्वआईजीपी अर्यालमाथि अख्तियारको छानबिन सुरु

प्रकाशित मिति: 2017/11/05

काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।  

पदमा रहँदा अर्यालले अनियमितता गरी अकूत सम्पत्ति कमाएको आशंकामा उनीमाथि छानबिन सुरु गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियारले अर्याललाई सम्पत्ति विवरण (१३ पन्ने) भराएको खुलासा भएको हो । गत फागुनमा नेपाल प्रहरीबाट अवकाश पाएका अर्यालले पदको दुरुपयोग गरी रकम आर्जन गरेको आशंका अख्तियारले छानविन गरेको हो । 

अर्याल आईजीपी रहँदा प्रहरीलाई ज्याकेट खरिदलगायत विभिन्न ठेक्का काण्डमा विवादित रहेका थिए । 

तपाईंको बिचार