Saturday, November 18, 2017

सरकारले भाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति यादवलाई घर खाली गर्न १५ दिनको म्याद

प्रकाशित मिति: 2017/11/06

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवमाथि सार्वजनिक बेइज्यती भएको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका छन् ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवको घरभाडामा पुनः समस्यामा परेको छ । सरकारसँग सम्झौता गरी यादवलाई घर भाडामा उपलव्ध गराउँदै आएका ललितपुर महानगरपालिका ४, बागडोलका रविभक्त बिष्टले सम्झौता नवीकरण नभएको भन्दै १५ दिनभित्र घर खाली गर्न सार्वजनिक सूचना जारी गरेका छन्।

विष्टले पूर्वराष्ट्रपति यादवका नाममा घर खाली गराउने सूचना बिहीबार सार्वजनिक सञ्चार माध्यममा प्रकाशित गरेका छन्। घर बाहल सम्झौता नवीकरण नगरी जवर्जस्ती रुपमा विजुलीको विल समेत भुक्तानी नगरेको घरधनी विष्ट दाबी छ।

विष्टले विद्युत महसुल र भाडा भुक्तानी गरी सूचना जानकारी पाएको १५ दिनभित्र घर खाली गर्न सूचनामा भनेका छन्। सूचना अनुसार काम कारबाही अघि नबढे कानुनअनुसार अघि बढ्ने चेतावनी पनि बिष्टले सूचनामा दिएका छन्।

सूचनाअनुसार चालु आर्थिक वर्षको साउनदेखि घर भाडा सम्झौता नवीकरण भएको छैन। यस विषयमा राष्ट्रपति कार्यालय शीतलनिवास र पूर्वराष्ट्रपति यादवलाई आफूले पटक–पटक जानकारी गराएको पनि उनले सूचनामा उल्लेख गरेका छन्। 

संविधान जारी भएपछि पूर्व राष्ट्रपति यादव उक्त घरमा बस्दै आएका छन्। सानेपाको आफ्नो घर छोरीको नाममा हक हस्तान्तरण गरेका यादव सरकारी सुविधाको उक्त आवासमा २०७२ असोजबाट बस्न सुरु गरेका हुन्। 

तपाईंको बिचार