Saturday, November 18, 2017

हेल्थ असिस्टेन्ट झा एक लाख घूससहित पक्राउ

प्रकाशित मिति: 2017/11/07

रौतहट । जिल्ला अस्पताल गौरका इमरजेन्सी इन्चार्ज प्रविण कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले ठेकेदार सँग घूस मागेको भन्दै पक्राउ गरेको छ । अख्तियारको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले हेल्थ असिस्टेन्ट झालाई एक लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो । जिल्ला अस्पताल गौरमा मरम्मत तथा रंङ्गरोगनको ठेक्का लिएका एक ठेकेदारसँग झाले रकम लिएका थिए ।

जापनीज सँस्था कोइकाले समेतले लगानी गर्दै गरेको जिल्ला अस्पतालको स्तरोन्न्तीको कामको जिम्मा समेत उनै ठेकेदारले लिएका थिए । काम गर्ने क्रममा पटकपटक रकम मागेर हैरान बनाएको भन्दै ठेकेदारले अख्तियारलाई गुहारेका थिए ।

इमरजेन्सी इन्चार्ज झालाई कार्यकक्षमै अख्तियारको टोलीले नगदसहित नियन्त्रणमा लिएको हो । यता इन्जार्च झाले भने आफूले ठेकेदारसँग सापटी रकम मागेको बताएका छन् ।

तपाईंको बिचार