Saturday, November 18, 2017

फेरी एटिएमबाट पैसा चोरी गर्ने गिरोह पक्राउ

प्रकाशित मिति: 2017/11/13

काठमाडौं । नेपाली बैंकको एटिएम प्रयोग गरि पैसा चोरी गर्ने ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक २४ गते ठमेलस्थित होटल डिस्करीबाट पक्राउ गरिएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको ठमेलस्थित एटीएम मेशिनमा स्किमर मेसिन जडान गरेको भनी हुलियासहितको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली ठमेलमा निगरानी बढाएको प्रहरीको भनाई छ । होटलको कोठाबाट १८ वटा विभिन्न कार्ड, ग्लोबल आइएमई बैंक, सानिमा बैंक तथा नेविल बैंकको एटीएम मेशिनबाट रकम निकालेको स्लिप तीन थान, विद्युतीय उपकरण खोल्न प्रयोग हुने विभिन्न प्रकारका औजारहरु पाँच थानलगायतका सामग्री फेला पारिएको छ ।

सिआइबीले विदेशी विरुद्ध गरिएको कारवाहीमा चार रोमानियन, चार टर्कीस, चार बुल्गेरियन, चार मोल्दोभियन र दुई भारतीय गरी जम्मा १८ जना विदेशीलाई पक्राउ गरिएको छ । निजहरुबाट हालसम्म नेपाली ८८ लाख ६८ हजार, अमेरिकी डलर ७३ हजार ५८०, युरो ६४ हजार १७५ र एक हजार ३२६ एटीएम कार्ड बरामद गरेको जनाएको छ । उनीहरुबाट विभिन्न बैंकको १३ सय २६ थान एटिएम समेत बरामद गरेको प्रहरीले बताएको छ ।

पक्राउ गरिएका अभियुक्तलाई बैंकिङ कसुर ऐनअनुसार आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । यस्ता चोरहरुले सबैभन्दा बढि इन्भेष्टमेन्ट बैंकको एटीएम प्रयोग गर्ने गरिएको छ । बैंकले एटीएमहरुलाई सुरक्षित गर्न नसकेको, नोटको बण्डलहरुमा नक्कली नोट मिसाउने गरेको, ग्राहकहरुको खाताबाट अवैधरुपमा रकम कट्टा गर्नेगरेको आरोप लाग्दै आएको छ ।

तपाईंको बिचार