Saturday, November 18, 2017

गौचन हत्यामा संलग्न व्यक्ति आज प्रहरीले सार्वजनिक गर्दै

प्रकाशित मिति: 2017/11/14

काठमाडौं ।  निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्नलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएकोछ । 

घटनामा सलग्नलार्इ पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। गत असोज २३ गते दिउँसो २ बजेर ४५ मिनेटमा बानेश्वरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली हानेका थिए। गोली लागि घाइते भएका गौचनको उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले डिआइजी गणेश केसीको नेतृत्वमा छानविन समिति गठन गरी अनुसन्धान गरिरहेको थियो।

तपाईंको बिचार