Saturday, November 18, 2017

गौचन हत्यामा संलग्न ५ जना प्रहरीद्वारा सार्वजनिक

प्रकाशित मिति: 2017/11/14

काठमाडौं । प्रहरीले निर्माण व्यवसायी शरदकुमार गौचन हत्यामा संलग्न ५ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा राजीव स्याङतान, मुकेशकुमार पाण्डे, प्रकाश बुढाथोकी, शिवजी महतो र सन्तोष गुरुङ रहेका छन् । स्याङतान मुख्य सुटर रहेको प्रहरीले जानकारी दिएको छ । अन्य भने सहयोगी रहेका छन् । 

गौचनको हत्याबारे छानबिन गर्न बनेको समितिका संयोजक महानगरीय प्रहरी कार्यालयका डीआईजी गणेश केसीले रहेका छन् ।  प्रहरीले गौचन हत्याका मुख्य योजनाकार काठमाडौं बाफलका गुण्डानाइके समीरमान बस्नेत रहेको बताएको छ । बस्नेत हाल फरार रहेका छन् । बस्नेतका सहकर्मी अर्का गुण्डानाइके मनोज पुन पनि फरार रहेका छन् । 

गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो । 

तपाईंको बिचार