Saturday, November 18, 2017

वैदेशिक रोजगार विभागका शाखा अधिकृत दश लाख रुपैयाँ घुससहित पक्राउ

प्रकाशित मिति: 2017/11/15

काठमाडौं ।  वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले पक्राउ गरेको छ। पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका हुन्।

मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रणी फुलल्याण्डबाट पौडल र केसीलाई पक्राउ गरिएको हो। वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 

दुबै जनालाई रकम बुझिसकेपछि फुडल्याण्डकै रेष्टुरेन्टमा खाजा खाइरहेको अवस्थामा राति ८ बजे अख्तियार टोलीले पक्राउ गरेको हो।

तपाईंको बिचार