Wednesday, January 17, 2018

राष्ट्रपति भण्डारीद्वारा दुबई वाटर क्यानलको अवलोकन

प्रकाशित मिति: 2017/11/16

दुबई ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दुबई वाटर क्यानलको अवलोकन गरेकी छन् । मानव निर्मित दुबई वाटर क्यानल पुग्दा युएईका शिष्टाचार अधिकारीहरूले राष्ट्रपतिलाई दुबई क्यानल म्यारिनमा स्वागत गरेका थिए।

सन् २०१३ मा खुला गरिएको तथा सन् २०१६ को नोभेम्बर ९ मा उद्घाटन भएको र दुबईको बजार केन्द्र, चार होटेल, ४५० रेस्टुराँ, उच्चस्तरीय हाउजिङ भएर बग्ने उक्त क्यानलमा पैदल तथा साइकल मार्ग पनि छन् । यस क्यानलको चौडाइ ८० देखि १२० मिटरसम्मको छ र यो ६ मिटर गहिराइको छ। आठ मिटर अग्लो पुल भएर बग्ने गरी यस क्यानलको संरचना तयार गरिएको छ। यस क्यानलले करिब ८० हजार वर्गमिटर क्षेत्र ओगटेको छ र यसले निजी जहाज तथा डुंगालाई व्यवसाय दिएको छ। –रासस

तपाईंको बिचार