Monday, December 10, 2018

निर्वाचन आयोगले आयुक्तहरुलाई प्रदेशको चुनावी अनुगमनको जिम्मेवारी दियो

प्रकाशित मिति: 2017/11/16

काठमाडौं । निर्वाचन आयोगले चुनावी अनुगमनका लागि आयुक्तहरुलाई प्रदेशको जिम्मेवारी दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अनुगमन गर्न निर्वाचन आयुक्तहरुको समेत प्रदेश तोकिएको हो । प्रमुख निर्वाचन आयुक्त भने कुनै पनि प्रदेशमा जान सक्नेछन्।

निर्वाचन प्रक्रियाको अनुगमनका लागि आयुक्तहरु नै प्रदेशगत रुपमा चुनावी मैदानमा खटिन लागेका हुन्। आयोगले निर्वाचन पर्यवेक्षणका लागि स्वदेशी र विदेशी गरी ५६ संस्थालाई पनि अनुमति प्रदान गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सबै आयुक्तहरुको प्रदेश तोकिएको जानकारी दिए। आयोगका अनुसार प्रदेश १ मा आयुक्त नरेन्द्र दाहाल जानेछन्। यस्तै, प्रदेश २ र ३ मा आयुक्त इला शर्माको टोली परिचालन हुनेछ। आयुक्त ईश्वरीप्रसाद पौड्यालले प्रदेश ४ र ५ को जिम्मेवारी पाएका छन्। आयुक्त सुधीरकुमार शाहले प्रदेश ६ र ७ मा अनुगमन गर्नेछन्।

तपाईंको बिचार