Wednesday, January 17, 2018

विद्युत प्राधिकरणले ४४९ कर्मचारी माग्यो

प्रकाशित मिति: 2017/11/17

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले खुला र आन्तरिक प्रतिस्पर्धा तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी ४४९ कर्मचारी माग गरेको छ। प्राधिकरणले आज सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । 

प्राधिकरणको सूचना अनुसार अधिकृत स्तरमा ८० जना कर्मचारी माग गरिएको छ। जसमा तह १० को प्रवन्धकदेखि प्रशासन र प्राविधिकतर्फका अधिकृतसम्म छन्। सहायक स्तरमामा तह ५ मा मिटररिडिङ सुपरभाइजरमा २० जना, लेखापालमा ११, तथा सुपरभाइजर ३० जना छन्। यस्तै, सुपरभाइजरमा प्राविधिकतर्फ १० जना माग गरिएको छ। तह ४ मा सिनियर मिटर रिडरमा ५२, सहायक लेखापाल ४५ र फोरमेन ८८, फोरमेन सिभिलतर्फ १ को माग भएको छ। यस्तै, तह ३ मा मिटर रिडर ३२ जनाको माग भएको छ । तह ३ इलेक्ट्रिसियनमा ७९ जनाको माग भएको छ । जुनियर प्राविधिकतर्फ मेकानिकल १ जनाका लागि प्राधिकरणले विज्ञापन गरेको छ।

अधिकृत स्तरको दरखास्त फाराम केन्द्रीय कार्यालय र अन्य दरखास्त फाराम विज्ञापन भएको क्षेत्रीय कार्यालयमा पाइनेछ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तपाईंको बिचार