Monday, June 25, 2018

दक्षिण एशियाली अवार्ड बाराही जंगल लजले जित्यो

प्रकाशित मिति: 2017/11/17

काठमाडौं । माल्दिभ्सको राजधानी मालेमा सम्पन्न साउथ एशियन ट्राभल अवार्ड (साटा) समारोहमा चितवनस्थित बाराही जंगल लजले दक्षिण एसियाकै उत्कृष्ठ अवार्ड जितेको छ । 

बाराहीले लिडिङ वाईल्डलाईफ होटल रिसोर्ट, लिडिङ ईको होटल रिसोर्ट, लिडिङ लक्जरी होटल रिसोर्ट समेत तीन विधाका अवार्डहरु जितेको बाराहीका सेल्स एण्ड मार्केटिङ निर्देशक योगेन्द्र विक्रम थापाले वताए ।  

बाराहीका अध्यक्ष हरिप्रसाद पौडेलले मालेमा आयोजित कार्यक्रममा सो अवार्डहरु लिएका थिए । यो अवार्ड प्राप्ति संस्थाको व्यवसायिक जीवनमै एक महत्वपूर्ण कोशेढुंगा रहेको वताए । बाराही जंगल लज चितवन जिल्लाको मेघौली स्थित राप्ती किनारमा रहेको थारु बस्तिमा रहेको छ ।

तपाईंको बिचार