Monday, June 25, 2018

राज्यमन्त्रीको घरमा बम विस्फोट

प्रकाशित मिति: 2017/11/21

काठमाडौं । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको घरमा गएराति बम विस्फोट भएको छ । बागलुङ नगरपालिका–२ स्थित उनको घरमा बम विस्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । विस्फोट गराउने समूहको पहिचान नभए पनि चुनाव बहिष्कारमा लागेको नेपाल कम्युनिस्ट पार्टीले गराएको आशंका गरिएको छ ।

तपाईंको बिचार