Wednesday, January 17, 2018

सर्वोच्चमा बम राखेको जानकारी आएपछि

प्रकाशित मिति: 2017/11/21

काठमाडौं । सर्वोच्च अदालत अगाडि बम भएको आशंकामा प्रहरीले खोजी कार्य शुरु गरेको छ। आज दिउँसो साढे १२ बजेतिर सर्वोच्च अदालतको सचिवालयमा तीन वटा बम रहेको भन्दै अज्ञात नम्वरबाट कल आएपछि प्रहरीले खोजी कार्य थालेको हो। प्रहरीले अदालत परिसरमा कुकुरबाट खोजी रहेको छ । 

फोन कसले गरेको भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान थालेको छ। प्रधान न्यायाधीशको सचिवालय, कामु रजिस्ट्रारको कार्यालय र सर्वोच्च अदालतका प्रवक्ताकहाँ फोन गरेर बम राखेको छ, सुरक्षित हुनुहोला भन्दै फोन गरिएको थियो। 

प्रधान न्यायाधीश र रजिस्ट्रार भने आज नवलपरासीमा छन्।  फोन आएको जानकारी पाउने बित्तिकै न्यायाधीशहरुलाई सुरक्षित ठाउँमा लगिएपछि इजलासहरु प्रभावित भएका थिए। 

खोजी गर्दा अहिलेसम्म कुनै शंकास्पद वस्तु नभेटिएको प्रहरीले जनाएको छ । 

तपाईंको बिचार