Sunday, September 23, 2018

सर्वोच्च अदालतमा बम नभएको पुष्टि

प्रकाशित मिति: 2017/11/21

काठमाडौं । सर्वोच्च अदालतमा बम राखिएको हल्ला मात्र भएको पुष्टि भएको छ ।

मंगलबार दिउँसो अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको थियो ।

लगत्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले सर्वोच्च पुगेको थियो भने सुरक्षाकर्मीले खानतलासी गरेका थिए । तर,  खोजबिन गर्दा कुनै पनि शंकास्पद वस्तु नभेटिएको प्रहरीले जनाएको छ ।

तपाईंको बिचार