Monday, December 10, 2018

पहिलो चरणका मतदान हुने ३२ जिल्लामा आजदेखि मतदाता परिचयपत्र वितरण हुने

प्रकाशित मिति: 2017/11/24

काठमाडौं । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा थपिएका नयाँ मतदातालाई निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण गर्दैछ। आज र भोलि आयोगले परिचयपत्र वितरण गर्दैछ।

मतदाताले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र पाउन सक्नेछन्। पहिलो चरणमा ३२ जिल्लामा मतदान हुँदैछ। निर्वाचन हुने जिल्लामा दुई दिन परिचयपत्र वितरण हुन लागेको हो। आयोगले ०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतादाताको परिचयपत्र वितरण गर्न लागेको हो। यस्तै, नामावली सार्न, त्रृटि सुधार गर्न निवेदन दिएका मतदाताको परिचयपत्र पनि मतदाता सम्वन्धित रहेको मतदान केन्द्रबाटै वितरण हुनेछ।

आयोगले दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रहरुको मतदाता परिचयपत्र भने १९ र २० गते वितरण हुने जनाएको छ ।

३२ जिल्लामा मंसिर १० गते चुनाव हुँदैछ भने बाँकी जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

तपाईंको बिचार