Monday, June 25, 2018

नेपाल टेलिकमद्वारा ०१२३४५६, १२३४५६ नम्बरबाट आएको फोन नउठाउन अनुरोध

प्रकाशित मिति: 2017/11/26

काठमाडौं ।  नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ ।

विगत दुर्इ महिनादेखि विभिन्न मोबाइल प्रयोगकर्तालार्इ यो नम्बरबाट फोन गरेर ठग्ने गरेको भेटिएपछि टेलिकमले यो म्यासेज पठाएर सचेत बनाएको हो। त्यो नम्बरबाट फोन गरेर चिठ्ठा परेको भन्दै बैंकमार्फत पैसा पठाउन लगाउने गरेको जनाएको छ । दुर्इ महिना अघिदेखि त्यस्ता गिरोहले ठगेको पाइएपछि नेपाल दूरसंचार प्राधिकरणले टेलिकमलार्इ जानकारी दिएको थियो।

तपाईंको बिचार