Sunday, September 23, 2018

वाम गठबन्धन उम्मेदवारको उम्मेदवारी खारेज

प्रकाशित मिति: 2017/11/27

काठमाडौं । निर्वाचन हुन ११ दिन बाँकी रहँदा वाम गठबन्धनका तर्फबाट सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेका शिवपुजन राय यादवको उम्मेदवारी खारेज भएको छ ।

चुनावको मुखैमा राजपाबाट माओवादी केन्द्र प्रवेश गरी सर्लाही ४ बाट उम्मेदवार बनेका यादवउपर कुटनीतिक राहदानी दुरुपयोगमा अदालतले दोषी ठहर गरेको उजुरी थियो। 

यादवविरुद्ध दुई छुट्टाछुट्टै उजुरी परेपछि निर्वाचन आयोगले शनिबार यादवको उम्मेदवारी खारेज गरेको हो । पहिलो संविधानसभाबाट मधेसी जनअधिकार फोरमबाट सभासद रहेका उनलाई रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । सोही विषयमा आयोग र अदालतमा छुट्टाछुट्टै मुद्दा परेको थियो ।

तपाईंको बिचार