Friday, September 21, 2018

नेपाली सेनाले शक्तिशाली बम विष्फोट गराउने योजना असफल बनायो

प्रकाशित मिति: 2017/11/28

वीरगंज । प्रेसरकुकरमा निर्माण गरिएको रिमोट बम विष्फोट गराउने योजना नेपाली सेनाको टोलीले असफल बनाएको छ । भीम दल गणको टोलीले सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय रञ्जितपुर नजिक बम निस्कृय गरेको हो। 

सोमबार मध्यरात बम फेला पारी मंगलबार बिहान सप्तरीको राजविराज–कुनौली सडकखण्डस्थित सीमा सुरक्षा कार्यालय सप्तरी नजिक बम निस्कृय गरिएको सप्तरीका प्रहरी जनाएको हो । सप्तरी प्रहरीले पाएको गोप्य सूचनाको आधारमा नहर चोक नजिक शंकास्पद दुई जनालाई चेकजाँच गर्दा अत्याधुनिक रिमोट फेला परेपछि ती दुवैलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान शुरु गरेको थियो। रिमोट फेला परेको केही घण्टामा नहर चोक नजिकबाटै शक्तिशाली बम बरामद गरिएको थियो। पक्राउ परेका दुई जनाको विवरण भने गोप्य राखिएको छ।

बमसँगै दुई किलो आरडिएक्स (विष्फोटक पदार्थ) समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

तपाईंको बिचार