Monday, June 25, 2018

निर्वाचनमा लापरबाही गरेको भन्दै ६ जना प्रहरी निलम्बित

प्रकाशित मिति: 2017/11/28

काठमाडौं । मतदान केन्द्रको सुरक्षामा लापरबाही गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रहरी सहायक निरिक्षक (असई)सहित ६ जना प्रहरीहरुलाई निलम्बन गरेको छ ।

निलम्वनमा पर्नेमा असई, हवल्दार र चार जना जवान रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । निलम्बनमा परेका प्रहरीको नाम भने सार्वजनिक गरिएको छैन । निर्वाचनको अघिल्लो दिन मंसिर ९ गते ताप्लेजुङको भानु मावि मतदान केन्द्रमा विस्फोट भएको थियो । विष्फोटक पदार्थ अघिल्लो दिन नै राखिएको तर त्यहाँको मतदानस्थल सुरक्षार्थ खटिएको टोलीलाई त्यो विषयमा केही जानकारी नभएको भन्दै प्रहरीले यसलाई सुरक्षा संवेदनशीलतामा लापबाही भएको ठहर गरेको छ ।

तपाईंको बिचार