Monday, December 10, 2018

घाइते म्यादी प्रहरीको मृत्यु

प्रकाशित मिति: 2017/11/29

बाँके ।  दाङको तुलसीपुरमा बम विस्फोट घटनामा गम्भीर घाइतेमध्ये एक जना म्यादी प्रहरीको आज बाँकेमा मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचारार्थ दाङ तुलसीपुर–१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको आज बिहान मृत्यु भएको हो । पाँच जना गम्भीर घाइतेमध्ये एक जनाको मृत्यु भएको छ, भने अन्यको उपचार भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका शीर्ष नेता दाङको तुलसीपुरमा आयोजित सभालाई सम्बोधन गर्न आएको बेला बम विस्फोट गराइएको थियो । तुलसी बोर्डिङ स्कुल नजिकै भएको बम विस्फोटमा एक म्यादी प्रहरीसहित आठ जना घाइते भएका छन् ।

तपाईंको बिचार