Monday, June 25, 2018

त्रिशुलीमा बस खस्यो, ६ जनाको मृत्यु

प्रकाशित मिति: 2017/11/29

काठमाडौं । काठमाडौ देखि अर्घखाँची जाँदै गरेको यात्रुबहाक बस चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा दुर्घटना भएको छ। 

लु२ख २९९ नम्बरको बस त्रिशुली नदीमा खसेको हो। दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छ। केही याुत्रको उद्दार गरिएको जिल्ला प्रहरीले जनाएको छ ।  

बसमा कति यात्रु थिए भन्ने यकिन भइसकेको छैन। अहिले जनपद, सशस्त्र प्रहरी तथा नेपाली सेना उद्दारमा खटिएका छन्। दुर्घटनाको कारण खुल्न सकेको छैन । 

तपाईंको बिचार