Monday, December 10, 2018

उदयपुरको बम विस्फोटमा उम्मेदवारसहित ४ घाइते

प्रकाशित मिति: 2017/11/29

काठमाडौं । उदयपुरगढी नगरपालिका–६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित चार जना घाइते भएका छन् । कार्की भने गम्भिर घाइते भएका छन् । 

बम विस्फोटमा परी राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल घाइते भएका छन् । घाइते सबै कांग्रेस कार्यकर्ता भएको बुझिएको छ ।

बम विस्फोट लगत्तै उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको र उद्धार गरी घाइते भएका उम्मेदवार कार्कीलार्इ हेलिकोप्टरबाट सिधै काठमाडौं पठाइने भएको छ ।

चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन । 

तपाईंको बिचार