Monday, December 10, 2018

त्रिशुलीमा खसेको बस अझै पत्ता लाग्न सकेन, मर्नेको संख्या सात पुग्यो

काठमाडौं । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस बिहान करिब सवा ९ बजे त्रिशुली नदीमा खसेको थियो। बसको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
प्रकाशित मिति: 2017/11/29

काठमाडौं ।  काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस बिहान करिब सवा ९ बजे त्रिशुली नदीमा खसेको थियो। बसको अवस्था अझै पत्ता लाग्न सकेको छैन।

चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङख्या सात पुगेको छ। दुर्घटनामा अन्य २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

विपरीत दिशाबाट आउँदै गरेको ट्रकसित ठोक्किँदा बस त्रिशुलीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । बस काठमाडौंबाट २७ जना यात्रुको चलानी लिएर हिँडे पनि बीच बाटोमा कति यात्रु चढे भन्ने खुल्न  सकेको छैन। अहिले जनपद, सशस्त्र प्रहरी तथा नेपाली सेना उद्दारमा खटिएका छन्।

तपाईंको बिचार