Saturday, December 16, 2017

कक्षा ११ आँशिकतर्फको नतिजा सार्वजनिक

प्रकाशित मिति: 2017/12/04

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ आँशिकको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा १ लाख १ हजार ३ सय ७५ विद्यार्थी सम्मिलित थिए ।

यो ३५ दशमलब ५८ प्रतिशत हो । परीक्षामा सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ ।गत बर्ष कक्षा ११ को आँशिकमा ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गत बर्ष १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ४२ हजार ७ सय ९९ उत्तीर्ण भएका थिए ।

नियमित तर्फको नतिजा भने चुनाव पछि मात्रै सार्वजनिक हुने बताइएको छ । परीक्षामा कार्यरत कर्मचारीलाई समेत चुनावमा खटाएपछि नतिजा सार्वजनिक गर्ने काममा प्रभाव परेको हो ।

तपाईंको बिचार