Saturday, December 16, 2017

शिवपुजनको उम्मेदवारी खारेज सम्बन्धमा सर्वोच्चले माग्यो आयोगसँग जवाफ

प्रकाशित मिति: 2017/12/05

काठमाडौं । उम्मेदवार खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्लाही ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतलले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश दिपकराज जोशीको इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफलका लागि भोलि नै बोलाएको छ ।

पहिलो संविधानसभामा फोरमका सांसद रहेका शिवपुजनलाई रातो पासपोर्ट दुरुपयोगको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । उनी यो पटक माओवादीबाट उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारले शिवपुजनविरुद्ध आयोगमा उजुरी दिएका थिए । 

तपाईंको बिचार