Monday, June 25, 2018

दरबारमार्गस्थित क्लव डेजाभुमा तोडफोड

प्रकाशित मिति: 2017/12/14

काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय डीजे मार्समेलोले धोका दिएपछि उनका समर्थकहरुले काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा बुधबार मध्यराति तोडफोड गरेका छन् ।

तोडफोडका कारण क्वलको अधिकांश भागमा क्षति पुगेको छ। क्वलले मार्समेलोको शोको लागि ५ हजार रुपैयाँमा एउटा टिकट विक्री गरेको थियो। बुधबार क्लवमा ३ हजारभन्दा बढी मानिसले टिकट लिएको बुझिएको छ।

राती १ बजेतिरमात्र आयोजकले स्वास्थ्यका कारण उनी नआउने जानकारी दिएपछि आक्रोशित दर्शकले क्लबमा तोडफोड गरेका थिए ।

बिहान ५ बजेतिर मार्समेलोले आफ्नो फेसबुक पेजमा स्वास्थ्यका कारण आफु काठमाडौंमा उपस्थित हुन नसकेको भन्दै क्षमा मागेका छन् । डाक्टरले आफूलाई आराम गर्न निर्देशन दिएका कारण आफू उपस्थीत हुन नसकेको उनको भनाइ छ । तर, उनी आउन नसक्ने सूचना किन बेलैमा दिइएन भन्नेबारे न त आयोजकले नै मुख खोलेका छन् नत डीजे मार्समेलो नै यसबारे बोलेका छन् ।

तपाईंको बिचार