Monday, December 10, 2018

तारकेश्वरका चार विद्यालयलाई शैक्षिक सामाग्री प्रदान

प्रकाशित मिति: 2017/12/16

 नुवाकोट । नुवाकोट तारकेशवरमा रहेका चार विद्यालयहरुलाई वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साल र स्थानिय समाजसेवी तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीको संयोजनमा स्कुल ब्याग तथा स्टेशनरी हस्तान्तरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पठन पाठनमा सहजता प्रदान गर्नको लागि उक्त सामाग्रीहरु प्रदान गरिएको समाजसेवी लम्सालले बताए । समाजसेवी लम्साल र अधिकारीले तारकेश्वर स्थित तारुका र बुधसिङमा रहेका नमुना जनजागृती प्रा.वि.–बँदेली,  हस्तिकेशर प्रा.वि.–तेस्रेपानी, तारकेश्वर प्रा.वि.–कौसिनी र बुधसिङ ढाँडाखर्क स्थित ढाँडाखर्क प्रा.वि.मा अध्ययनरत छात्रा÷छात्रलाई स्कुल ब्याग तथा स्टेशनरी सामाग्री प्रदान गरेका थिए । आफ्नो शिक्षाको ज्योती देशको कुना÷कुनामा पु¥याउने अभियान स्वरुप विद्यालय केन्द्रिकृत सहयोगहरु गरिएको लम्साल र अधिकारीले बताएका छन् । उनिहरुले भुकम्प पछाडि तारकेश्वरमा तीन विद्यालय निर्माण भईसकेको बताउँदै यसलाई निरन्तरता दिन पनि बताए । निकट भविष्यमा तारकेश्वरमा सम्भव भएसम्म खानेपानी तथा स्कुल स्वास्थ्यको लागि पनि लागि पर्ने बताए । 

समाजसेवी तथा आदरणिय मोहन लम्साल ज्यूको संयोजनमा तारकेश्वर स्थित तारुका र बुधसिङमा रहेका चार विद्यालय नमुना जनजागृती प्रा.वि. –बँदेली, हस्तिकेशर प्रा.वि.–तेस्रेपानी, तारकेश्वर प्रा.वि.–कौसिनी र बुधसिङ ढाँडाखर्क स्थित ढाँडाखर्क प्रा.वि.मा अध्ययनरत छात्रा÷छात्रलाई स्कुल ब्याग तथा स्टेशनरी सामाग्री प्रदान गरियो साथै नमुना वदेली स्कूलका छ जना शिक्षक,शिक्षिकाहरूलाइ प्रोत्साहन स्वरूप रू २५ हजार प्रदान गरियो । स्थानीय समाजसेवी तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी भन्छन्–आफ्नो आग्रहलाई सहजै स्वीकार गरिदिनु भएकोमा आदरणिय मोहन लम्साल ज्यूलाई धेरै धेरै धन्यवाद ।

 

तपाईंको बिचार